नेरुडे लघुवित्तको नाफा पाँच करोड ७८ लाख
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले २०७९/८० मा पाँच करोड ७८ लाख ९९ हजार पाँच सय ७५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २१ करोड २६ लाख ६८ हजार सात सय ८५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा तीन अर्ब ४६ करोड ६३ लाख ४८ हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब पाँच करोड ७४ लाख ७१ हजार एक सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ६२ लाख ८३ हजार तीन सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ९८ लाख ५२ हजार दुई सय २३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ५३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब २० करोड ८३ लाख आठ हजार पाँच सय ४६ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ९१ करोड ७२ लाख ७१ हजार एक सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड ३४ लाख आठ हजार तीन सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया