मेटलाइफद्वारा इनोभेसन ल्याब विकासका लागि सहयोग
काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले ललितपुरमा बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि सहयोग गरेको छ । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाको बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिङ स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालयलाई सहयोग गर्न कारखाना समूहसँग साझेदारी गरेको कम्पनीले जानकारी दिएको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित (स्टिम) क्लब स्थापना गर्ने र विद्यार्थीलाई मेकिङ स्पेसभित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको छ ।
ह्यान्ड्स अन सिकाइ, रचनात्मकता र समस्या समाधान गर्ने सीपहरू प्रवद्र्धन गर्दै, मेकिङ स्पेस आधुनिक शिक्षाको पहिचान बनेको छ । यी सहयोगी ठाउँहरू उपकरणहरू, सामग्रीहरू, र प्रविधिहरूको एर्रेसँग सुसज्जित छन् । जसले विद्यार्थीलाई उनीहरूको विचार जीवनमा ल्याउन सक्षम बनाउँछ र नवीनताको संस्कृतिलाई प्रेरणा दिने मेटलाइफको विश्वास छ । श्री सिद्धि मंगल माध्यमिक विद्यालयमा मेकिङ स्पेसको सेटअपमार्फत मेटलाइफले शिक्षक र बालबालिका दुवैलाई सैद्धान्तिक ज्ञान र आवश्यक उपकरणको उपलब्धताको साथ व्यावहारिक प्रयोगको बीचको खाडललाई कम गर्ने अवसर प्रदान गर्ने प्रयास गर्छ । ल्याबले विद्यार्थीलाई सहयोग गर्न, प्रयोग गर्न र वास्तविक–विश्व चुनौतीको समाधानहरू विकास गर्न गतिशील केन्द्रको रूपमा काम गर्नेछ ।
मेटलाइफ नेपालले समाजको समग्र विकासमा योगदान प्रदान गर्ने महत्वलाई मान्यता दिन्छ र शिक्षालाई यो लक्ष्य हासिल गर्ने मुख्य माध्यमको रूपमा हेर्छ । यस पहलअन्तर्गत मेटलाइफले विद्यालयमा मेकिङ स्पेसको विकास गर्न कारखाना समूहलाई चार लाख ७० हजार रुपैयाँको सहयोग प्रदान गरेको छ । शिक्षक र विद्यार्थी दुवैका लागि प्रयोगात्मक सिकाइ कार्यक्रमहरू डिजाइन र कार्यान्वयन गर्न विशेषज्ञ संस्था, कारखाना समूहसँग साझेदारी गरेर, मेटलाइफले प्राविधिक सीपमा निपूर्ण मात्र नभएर जटिल समस्या समाधान गर्न पनि निपूर्ण बाल आविष्कारको पुस्ता र एक रचनात्मक मानसिकता सिर्जना गर्न चाहन्छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ‘यस पहलमार्फत हामीले नवप्रवर्तनको बीउ छरिरहेका छौँ, जिज्ञासा र अन्वेषणको संस्कृतिको विकास गर्दैछौं जसले नेपालको शैक्षिक परिदृश्यमा निःसन्देह प्रभाव पार्नेछ । विद्यार्थीलाई सीप र आत्मविश्वासले उनीका विचारलाई जीवन्त बनाउनको लागि सुसज्जित गरेर हामी राष्ट्रको उज्ज्वल भविष्यको विकास गर्दैछौँ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया