बैंकले बढाए ब्याजदर
काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका हुन् । केहीले स्थिर राखेका छन् भने केहीले घटाएका छन् । अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशतसम्म मात्रै ब्याजदर तलमाथि गर्न पाउने व्यवस्थाअनुसार बैंकहरूले भदौ महिनाका लागि ब्याजदर चलाएका हुन् ।
मुद्दती निक्षेपको ब्याज बढाउने बैंकहरूमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन् । भदौ महिनाको लागि एनएमबी बैक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया र स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सातवटा वाणिज्य बैंकको अधिकतम ब्याजदर १० दशमलव ८९६ प्रतिशत छ । सबैभन्दा कम स्टान्डर्ड चार्टर्डले आठ दशमलव ९२ प्रतिशत ब्याज तोकेको छ ।
प्रभु बैंकले साउनमा व्यक्तिगत मुद्दतीमा नौ दशमलव ५० प्रतिशत ब्याज दिएकामा भदौमा बढाएर १० प्रतिशत पु-याएकोे छ । यसैगरी सिद्धार्थ बैंकले साउनमा नौ दशमलव ५० प्रतिशत ब्याज दिएकामा भदौमा बढाएर नौ दशमलव ९९ प्रतिशत तोकेको छ । माछापुच्छ्रे बैंकले साउनमा नौ प्रतिशत ब्याज दिएकामा भदौमा बढाएर नौ दशमलव ९९ प्रतिशत पु-याएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा आठ दशमलव ९९ प्रतिशत ब्याज दिएकामा भदौमा बढाएर नौ दशमलव ९९ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले पनि साउनमा भन्दा भदौमा ब्याजदर बढाएको छ । साउनमा व्यक्तिगत मुद्दतीमा नौ दशमलव ९९ प्रतिशत दिएकामा भदौमा १० दशमलव ४० प्रतिशत पु-याएको छ ।
ब्याजदर बढाउने बैंकमा नेपाल बैंक पनि छ । नेपाल बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम आठ दशमलव ९९ प्रतिशत ब्याजदर तोेकेकामा भदौमा बढाएर १० दशमलव ८९६ प्रतिशत पु-याएको छ । कृषि विकास बैंकले पनि भदौमा ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनमा नौ दशमलव ५१ प्रतिशत रहेको ब्याजदर भदौमा १० दशमलव ८९६ प्रतिशत पु-याएको छ । कुमारी बैंकले पनि १० दशमलव ८९६ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । साउनमा कुमारीले १० दशमलव शून्य १ प्रतिशत ब्याज दिएको थियो । ग्लोबल आईएमई बैंकले पनि नौ दशमलव ९९ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १० दशमलव ८९६ प्रतिशत पु-याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर नौ दशमलव ९९ प्रतिशतबाट बढाएर १० दशमलव ८९ प्रतिशत पु-याएको छ । साउनमा साढे नौ प्रतिशत ब्याज दिएको एभरेष्ट बैंकले भदौमा १० प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले पनि नौ दशमलव ५२ प्रतिशतबाट १० दशमलव ८९६ प्रतिशत ब्याजदर पु-याएको छ ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार एनएमबी बैंकले साउनमा १० दशमलव ९३ प्रतिशत कायम राखेको ब्याजदर भदौमा घटाएर नौ दशमलव ९९ प्रतिशत तोकेको छ । प्राइम कमर्सियल बैंकले साउनमा १० दशमलव ९३ प्रतिशत ब्याज दिएकामा भदौमा घटाएर १० दशमलव शून्य ५ प्रतिशतमा झारेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले पनि साउनमा व्यक्तिगत मुद्दतीमा आठ दशमलव ९५ प्रतिशतसम्म ब्याजदर तोकेकामा भदौमा घटाएर आठ दमलव ९२ प्रतिशत कायम गरेको छ । यसैगरी एनआईसी एसिया बैंकले साउनमा अधिकतम १० दशमलव ९३ प्रतिशत ब्याज दिएकामा भदौमा घटाएर १० दशमलव ८९६ प्रतिशतमा झारेको छ ।
नेपाल एसबीआई बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ । साउनमा अधिकतम नौ दशमलव ९९ प्रतिशत ब्याज दिएकोे र भदौमा पनि यसैलाई निरन्तरता दिएको हो । नबिल बैंकले पनि साउनको ब्याजदरलाई नै निरन्तरता दिएको छ । नबिलले साउनमा व्यक्तिगत मुद्दतीमा १० दशमलव ४९ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि साउनकै ब्याजदरलाई कायम राखेको छ । साउनमा तोकेको नौ दशमलव ९९ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको हो । हिमालयन बैंकले पनि साउनकै ब्यजदरलाई कायम राखेको छ । हिमालयलने व्यक्तिगत मुद्दतीमा अधिकतम नौ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया