एभरेस्ट बैंकको ‘एभरेस्ट फेस्टिभ बोनान्जा २०८०’
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा सहरहरूमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
आउँदै गरेको चाडपर्वहरू तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि एभरेस्ट फेस्टिभ बोनान्जा २०८० को सुरुवात गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १० दशमलव ७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनुका साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १० दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै, व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।
तीन महिनाको लागि लागू हुने ‘एभरेस्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधारदर र एक दशमलव ५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ । साथै, बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहकलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आह्वान समेत गरे ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् तथा देशैभर छरिएर रहेको आफ्नो एक सय २७ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया