निर्देशिका पालना गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन
काठमाडौं । बीमा प्राधिकरणले विभिन्न निर्देशिकाहरू अक्षरशः पालना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणबाट शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्याङ्कहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, अब बीमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ ।’
लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोहीअनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्डबमोजिम कम्पनीहरूले काम गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिबद्धतालाई तलमाथि पर्न नदिन, कुल गार्हस्थ उत्पादनमा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बीमा नियन्त्रण, कृषि बीमा, लगानी विविधीकरणलगायतमा केही सुधारहरू देखिए पनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले निर्जीवन बीमा व्यवसाय सञ्चालनमा देखिएका समस्यासम्बन्धी प्रस्तुति गरेका थिए । यसैगरी, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीसम्बन्धी प्रस्तुति दिएका थिए । प्राधिकरणका निर्देशक दिनेशकुमार लालले सञ्चालन गरेकोे कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), नेपाल बीमक संघका पदाधिकारी, निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया