Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअप्ठ्यारोमा लघुवित्तहरू, खराब कर्जा निरन्तर बढ्दै

अप्ठ्यारोमा लघुवित्तहरू, खराब कर्जा निरन्तर बढ्दै


काठमाडौं । नियमनकारी निकायको उचित समन्वयको अभाव र लघुवित्तपीडितको नाममा विभिन्न व्यक्ति तथा समूहले गरेको आन्दोलनले लघुवित्त वित्तीय संस्थाहरू अप्ठ्यारो स्थितिमा देखिएका छन् । लघुवित्त संस्थाहरूविरुद्ध भएको विरोध प्रदर्शनका कारण लघुवित्तका ऋणीहरूमा ऋणको साँवाब्याज तिर्नु पर्दैन, आन्दोलन गरेपछि राज्यले मिनाह गर्छ भन्ने किसिमको नकारात्मक सोच पैदा भएको कारणको असर अहिले लघुवित्तहरूको वित्तीय विवरणमा देखिएको छ ।

नेपालमा सञ्चालनमा रहेका कुल ६३ वटा लघुवित्त वित्तीय संस्थाहरू मध्ये हालसम्म ५० वटाले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका मध्ये एकाध बाहेक सबैजसो लघुवित्त संस्थाहरूमा अघिल्लो खराव कर्जा बढेको देखिएको छ । खराब कर्जा बढ्दै जाँदा लघुवित्तहरू ऋण असुली गर्न नसकेर अप्ठेरो अवस्थामा रहेको देखिएको होे । वित्तीय विवरण अनुसार लघुवित्त संस्थाहरूमा शुन्य दशमलव ६१ देखि झण्डै १० प्रतिशतसम्म खराब कर्जा देखिएको छ । सो मध्ये सबैभन्दा कम खराव कर्जा साना किसान बिकास लघुवित्त वित्तीय संस्थाको देखिएको छ भने सबै भन्दा बढी ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको छ । आर्थिक २०७९/८० मा ग्रामिण विकास लघुवित्तको नौ दशमलव ९५ प्रतिशत खराब कर्जा रहेको र साना किसान लघुवित्तको शुन्य दशमलव ६१ प्रतिशत खराब कर्जा देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा ग्रामिण विकासको चार दशमलव ४८ प्रतिशत र साना किसानको शुन्य दशमलव ६८ प्रतिशत खराब कर्जा थियो । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका ५० वटामध्ये आठ वटा संस्थाहरूमा अघिल्लो आर्थिक वर्षको तुलनामा खराब कर्जा केही घटेको भएपनि ४१ वटाको बढेको छ । जसमध्ये खराव कर्जा घटेका संस्थामाहरूमा वीन, बिपीडब्लु, युनिक नेपाल, नेष्डो समृद्ध, साना किसान बिकास, गुराँस, हिमालयन र सर्पोट लघुवित्त वित्तीय संस्थाहरू छन् । यी संस्थाहरूमा क्रमशः पाँच दशमलव ९१, चार दशमलव ३३, छ दशमलव ५५, सात दशमलव ७२, शुन्य दशमलव ६१, चार दशमलव ६३, तीन दशमलव ६६ र एक दशमलव ८३ प्रतिशत खराब कर्जा छ । अघिल्लो आर्थिक वर्षमा यी लघुवित्रहरूको खराब कर्जा क्रमशः १२ दशमलव ३९, चार दशमलव ४८, नौ दशमलव ७६, आठ दशमलव २२, शुन्य दशमलव ६८, चार दशमलव ९४, चार दशमलव १३ र आठ दशमलव ५६ प्रतिशत थियो ।

एनएमबी, महिला, मेरो, नाडेप र जीवन बिकास लघुवित्त वित्तीय संस्थामा भने क्रमशः नौ दशमलव ५४, चार दशमलव ९४, पाँच दशमलव ८४, सात दशमलव ९० र दुई दशमलव ३९ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जा क्रमशः तीन दशमलव १८, तीन दशमलव शुन्य चार, दुई दशमलव ९४, चार दशमलव ६९ र शुन्य दशमलव ९१ प्रतिशत थियो । आर्थिक वर्ष २०७९÷८०मा सबैको, जनउत्थान, विजय, स्वरोजगार, फरवार्ड र नेरुडे लघुवित्त वित्तीय संस्थाहरूको क्रमशः चार दशमलव ४८, नौ दशमलव ५१, चार दशमलव ७१, चार दशमलव ७५, चार दशमलव २६ र पाँच दशमलव शुन्य पाँच प्रतिशत खराब कर्जा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ६९, तीन दशमलव ९१, चार दशमलव ६८, दुई दशमलव ३७, एक दशमलव ८३ र चार दशमलव ७४ प्रतिशत खराब कर्जा खराब थियो । मानुषी, मिर्मिरे, धौलागिरी, नेशनल निर्धन उत्थान, अभियान सहितका दुई दर्जन लघुवित्त वित्तीय संस्थाहरूमा खराब कर्जाको अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया