सेयरबजारमा गिरावट
काठमाडौं । सेयरबजार सोमबार दुई हजार विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको वितरणयोग्य मुनाफा घटेको विवरणहरू सार्वजनिक भएपछि बजार प्रभावित भएको थियो । यससँगै अधिकांश बैंकहरूले ब्याजदर बढाएपछि बजारमा थप असर परेको छ ।
यसदिन एक अर्ब ४० करोड रुपैयाँको ४१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति १९ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ९१ अर्बमा झरेको छ ।
कारोबारमा आएका दुई सय २७ कम्पनीमध्ये एक सय ७१ कम्पनीको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार समूह एक प्रतिशत बढीले घटेका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् ।
बजार घटे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक आठ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, शेयर बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया