मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर बाँडफाँट
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको कम्पनीको साधारण सेयरको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रवन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारणलाई जारी गरिएको साधारण सेयर गोलाप्रथामार्फत कुल दुई लाख २७ हजार छ सय ६२ जनामा बाँडफाँट गरिएको हो ।
साधारण सेयरको लागि कुल १३ लाख १६ हजार पाँच सय २९ जनाले आवेदन दिएकामा पाँच हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ । बाँकी १३ लाख ११ हजार पाँच सय १७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको कम्पनीले जनाएको छ । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार छ सय २० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी पक्राउ
- अर्थतन्त्र सुधारको सन्दर्भ
- शुभकामना आदान–प्रदानले मात्र मुलुक उँभो लाग्दैन
- गाउँमा मलामी नपाउने अवस्था
- झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
- सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया