कामना सेवाको ‘तिम्रै लागि’ मुद्दती योजना
काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसीको सञ्चार गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ । ‘तिम्रै लागि’ मुद्दती र बचत खाताको नयाँ योजना ल्याइएको बैंकले जनाएको छ । पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकाले यो योजना प्रभावकारी हुने बैंकको विश्वास छ । र्द्ध
सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबाआमा, श्रीमान्श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरूले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिने खातामा मासिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नका लागि ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया