Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवा र इन्जाज पेमेन्टबीच सम्झौता

इ–सेवा र इन्जाज पेमेन्टबीच सम्झौता


काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । सम्झौतामा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इन्जाज पेमेन्टको एक सय ५० वटा शाखाहरू, पिओएस, किअस्कस् वा मोबाइल एप र वेबसाइटबाट नेपालमा इ–सेवा मनी ट्रान्सफरमार्फत रेमिटेन्स पठाउन सकिने बताइएको छ । साथै, इन्जाज पेमेन्टबाट पठाएको रेमिटेन्स इ–सेवा मनी ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास पोइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने बताइएको छ । रेमिटेन्स भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ’इन्जाजजस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिटेन्स सेवा प्रदान पाउँदा निकै हर्षित छौँ ।

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो । इ–सेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया