मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच सहकार्य
काठमाडौं । मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोमबार मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा उल्लेख भएबमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट खाता सञ्चालन, पोर्टफोलियो मेनेजमेन्ट सेवालगायतका आफ्ना सेवाहरू सुलभ दरमा प्रदान गर्ने तथा गुरु ट्राभल्स लिमिटेडले ट्राभल्स सेवाअन्तर्गत युरोप, एसिया तथा अन्य गन्तव्यका प्याकेजहरूमा विशेष छुट तथा सुविधाहरू प्रदान गर्ने सहमति भएको जनाइएको छ । व्यावसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जोशीले यो सहकार्यमा जोडिन पाएकोमा खुसी व्यक्त गरे । गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत धरेलले आपसी सहकार्यबाट व्यावसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरूका उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया