इन्फोडेभलपर्स र काभ्रेको जिल्ला सहकारी संघबीच साझेदारी
काठमाडौं । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयरलगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीति लेजक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पु-याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले आफूलाई खुसी लागेको बताए ।
यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बाले यो साझेदारीले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाइजेसन एवम् कोपभिजन २०३० लाई समेत सेवा पु-याउने बताइन । त्यस्तै, कम्पनीका कार्यकारी निर्देशक प्रवीन सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै, आगामी दिनमा अन्य जिल्ला सहकारी संघसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक सुरेश थापा, काभ्रे जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सूचना अधिकृत रामसुदन तिमिल्सिना, इन्फोडेभलपर्सका सेल्स प्रमुख अनिश कुमार झा एवम् इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीको समेत उपस्थिति थियो ।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र लघुवित्तका लागि कोर बैकिङ सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रोडक्ट र सेवा दिन तीन सय ५० बढी कर्मचारीहरूले काम गरिरहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया