राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ अस्पतालमा छुट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । सोमबार बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिनेसम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्ड भएका ग्राहकहरू तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपीडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेसन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवालगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए । उनले दुवै संस्थाले एक अर्कामा आफ्नो सेवा सहुलियत दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटाभन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुसी लागेको कुरा बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख स्थापितले सञ्चालन गरेका थिए ।
समारोहमा हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी, अच्युत गौतम, वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जिसी, प्रबन्धक राजेश मानन्धर, सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया