आधा दर्जन फाइनान्सले लाभांश बाँड्न नसक्ने
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा आधा दर्जन आर्थिक वर्ष कम्पनीहरूको वितरणयोग्य नाफा ऋणात्मक छ । सञ्चालनमा रहेका कुल १७ वटा आर्थिक वर्ष कम्पनीहरूमध्येमा हालसम्म १५ वटा आर्थिक वर्ष कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा आधा दर्जन कम्पनीहरूको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो ।
वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा १५ वटा आर्थिक वर्ष कम्पनीहरूले कुल एक अर्ब ११ करोड तीन लाख ४७ हजार ५० रूपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूको यस्तो नाफा एक अर्ब १० करोड ४५ लाख २५ हजार सात सय ७० रूपैयाँ थियो । नाफा कमाएका कम्पनीहरू पनि अघिल्लो आर्थिक वर्षमा भन्दा कमजोर देखिएका छन् ।
गत आर्थिक वर्ष वितरणयोग्य नाफा ऋणात्मक हुने कम्पनीहरूमा नेपाल आर्थिक वर्ष, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन् । यी फाइनान्स कम्पनीहरूमध्ये नेपाल फाइनान्सको आर्थिक वर्ष २०७९/८० वितरणयोग्य नाफा २१ करोड तीन लाख ३० हजार रूपैयाँले ऋणात्मक छ भने सेन्ट्रलको २१ लाख ३५ हजार सात सय ७० रूपैयाँले ऋणात्मक छ । यसैगरी रिलायन्स फाइनान्सको वितरणयोग्य नाफा एक करोड ६२ लाख ६७ हजार रूपैयाँ, समृद्धिको चार लाख ४० हजार नौ सय ८९ रूपैयाँ, पोखराको एक करोड ६९ लाख २९ हजार तीन सय ४० रूपैयाँ र प्रोग्रेसिभ फाइनान्सको ३६ करोड ६४ लाख ९६ हजार नौ सय ९० रूपैयाँले ऋणात्मक छ ।
नाफा कमाउन सफल फाइनान्स कम्पनीहरूमा बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स छन् । बेस्ट फाइनान्सको वितरणयोग्य नाफा २० करोड १४ लाख १८ हजार रूपैयाँ छ ।
यस्तै गोर्खाज फाइनान्सको वितरणयोग्य नाफा ४३ करोड ३५ लाख ९८ हजार नौ सय ४० रूपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको छ करोड ६८ लाख पाँच हजार रूपैयाँ, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको पाँच करोड १७ लाख ७० हजार सात सय ३० रूपैयाँ, गुडविलको एक करोड ८८ लाख २७ हजार एक सय ४० रूपैयाँ, आईसीएफसीको नौ करोड २४ लाख ७७ हजार तीन सय २० र मञ्जुश्री फाइनान्सको ११ करोड ११ लाख १२ हजार रूपैयाँ छ ।
क्षेत्रीयस्तरको जानकी फाइनान्स र मल्टीपर्पस फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको भए पनि वितरणयोग्य मुनाफा उल्लेख गरेका छैनन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया