Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवीन नेपाल लघुवित्तको खुद मुनाफा ७९ हजार

वीन नेपाल लघुवित्तको खुद मुनाफा ७९ हजार


काठमाडौं । वीन नेपाल लघुवित्त वित्तीय संस्थाले आव २०७९/०८० मा ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा १७ करोड ६८ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ करोड २६ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ७३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १९ करोड ३१ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले १७ करोड १८ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी ८२ करोड ४३ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ८२ लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम दुई करोड २२ लाख सात हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया