Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण विकास लघुवित्तको खुद मुनाफा बढ्यो

ग्रामीण विकास लघुवित्तको खुद मुनाफा बढ्यो


काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा छ करोड ८९ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा पाँच करोड ८७ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ७४ करोड ७७ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ६१ करोड ९५ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २३ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४० करोड २६ लाख ५८ हजार रुपैयाँ रहेको छ । संस्थामा नौ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव ६२ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने संस्थाले तीन अर्ब ९२ करोड १८ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६७ करोड ७८ लाख ४४ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ करोड ५१ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २४ करोड ९४ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४८ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थामा पाँच दशमलव ७६ प्रतिशत स्प्रेडदर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया