Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जनशील लघुवित्तको खुद नाफा एक करोड ११ लाख

सिर्जनशील लघुवित्तको खुद नाफा एक करोड ११ लाख


काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ४७ लाख ४९ हजार छ सय रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा ८२ करोड ३० लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २२ करोड आठ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ५१ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८६ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव २९ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ८२ करोड ४५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २१ करोड १२ लाख ७६ हजार तीन सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ५० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ४९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया