Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स लाइफको आईपीओ

सिटिजन्स लाइफको आईपीओ


काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ४४ रुपैयाँ अन्तिम मूल्यमा ९० लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

कम्पनीले जारी पुँजी तीन अर्ब ७५ करोड रुपैयाँमध्येबाट ३० प्रतिशतको अनुपातमा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूको लागि र पाँच प्रतिशत अर्थात् पाँच लाख ६२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र सोही बराबरको सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि छुट्याएको कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलमार्फत यही भदौ १५ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते बन्द हुनेछ । खरिदकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया