धितोपत्र बोर्डद्वारा भिजन लुम्बिनीलाई सेयर निष्काशनका लागि अनुमति
काठमाडौं । २५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धन गर्दै आएको भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रारम्भिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । ऊर्जा कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ९१ करोड पच्चीस लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति पाएको हो ।
कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार पाँच सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दाका लागि साधारण सेयर जारी गर्नेछ भने अन्य बाँकी १० प्रतिशतमध्येको १० प्रतिशतले हुन आउने एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकका लागि पाँच प्रतिशत अर्थात् ९५ हजार छ सय २५ कित्ता साधारण सेयर सामूहिक लगानी कोष, दुई प्रतिशत अर्थात् ३८ हजार दुई सय ५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र बाँकी १५ लाख ८७ हजार तीन सय ७५ कित्ता साधारण सेयर सर्वसाधारणहरूका लागि निष्काशन गर्न स्वीकृति पाएको छ ।
भाद्र ४ गते नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई स्वीकृति दिएको हो । २०७५ मा कम्पनी कार्यालयमा दर्ता भई कम्पनीले ऊर्जा क्षेत्रमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ मा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । करिब ९२ प्रतिशत काम सकिइसकेकाले अबको केही महिनाभित्रमै बत्ती बाल्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिएका छन् । कम्पनीमा एचआईडीसीएल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योन्रेस, सिटिजन लाइफ इन्सुरेन्सलगायत करिब पन्ध्र सय जना संस्थापक सेयर सदस्यको लगानी रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया