Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजिल्लामा बैंक तथा वित्तीय सेवा सुचारु गर्न निर्देशन

जिल्लामा बैंक तथा वित्तीय सेवा सुचारु गर्न निर्देशन


दोलखा, वैशाख १९
लकडाउनका कारण एक महिनादेखि बन्द भएका दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिले निर्देशन दिएको छ । दोलखा जिल्लाभित्र रहेका बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन दिइएको हो । दोलखा सदरमुकाम चरीकोटमा गत मंगलबार बसेको जिल्ला प्रशासन र कोभिड –१९ जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिको बैठकले सबै बैंकहरुलाई नियमित रुपमा सुचारु गर्न निर्देशन दिएको हो । सरकारले लकडाउनको अवधिमा बैंकले नियमित सेवा दिनुपर्ने उल्लेख गरेको पनि दोलखामा रहेका बैंकहरुले विभिन्न बहाना बनाउँदै नियमित बैंकको सुचारु नगर्दा सेवाग्राहीले आर्थिक संकट र मर्का भोग्दै आएका छन् ।

बैठकले कृषि सामग्री, मल, बीउ तथा विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीलाई भने सहज बनाउने निर्णय गरेको छ । जिल्लास्थित स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुसहितको सहभागितामा सम्पन्न भएको बैठकले जिल्लाभित्र विकास निर्माणकार्यको ढुवानीका लागि सवारी पास स्थानीय तहले व्यवस्था गर्ने र जिल्लाबाहिरका सवारी पासको लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले जिल्ला भित्रिने सवारीसाधनहरुलाई डिसइन्फेक्सन छर्किने निर्णय गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x