Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफद्वारा पूर्णवधि दाबीबापत एक करोड ८४ लाख रूपैयाँ भुक्तानी

नेशनल लाइफद्वारा पूर्णवधि दाबीबापत एक करोड ८४ लाख रूपैयाँ भुक्तानी


काठमाडौं, वैशाख १९
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पूुर्णावधि दाबी (म्याचुुरिटी क्लेम)बापत एक करोड ८४ लाख ४१ हजार नौ सय ८५ रूपैयाँ भुक्तानी गरेको छ । कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरूलाई डिजिटल माध्यमवाट विविध बीमा सेवा उपलब्ध गराउँदै आएको र सोहीअनुसार पछिल्लो अवधिमा उक्त परिमाणको रकम भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधासमेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरूको कोरोना (कोभिड १९) रोगबापत एक वर्षको लागि बीमा गरेको छ । सो रोग लागेको पीसीआर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमांक रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसबाट कम्पनीमा कार्यरत कर्मचारीहरूको मनोवल उच्च हुने र व्यवसायमा सकारात्मक प्रभाव पार्ने दाबी कम्पनीले गरेको छ ।

चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार रूपैयाँ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २३ करोड ५८ लाख ७० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ११ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x