खुद मुनाफासँगै विकास बैंकहरूको वितरणयोग्य नाफामा गिरावट
काठमाडौं । विकास बैंकहरूको पनि खुद मुनाफामा आएको गिरावटसँगै वितरणयोग्य मुनाफा घटेको छ । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरूको खुद मुनाफा र वितरणयोग्य मुनाफा दुवै घटेको हो । देशमा आर्थिक गतिविधिमा आएको संकुचन र वित्तीय प्रणालीको तरलतामा देखिएको समस्याका कारण विकास बैंकहरूको वित्तीय स्थिति खस्कँदो देखिएको हो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्येमा हालसम्म १४ वटाले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षमा विकास बैंकहरूले कुल पाँच अर्ब ९३ करोड ५२ हजार आठ सय ७० रूपैयाँ खुद मुनाफा कमाएका छन् । विकास बैंकहरूले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ करोड ६७ लाख १३ हजार एक सय ३० रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको यस्तो नाफा छ अर्ब ४२ करोड ६७ लाख ६६ हजार रूपैयाँ थियो । खुद मुनाफासँगै आधा दर्जन विकास बैंकहरूको वितरणयोग्य नाफा घटेको छ ।
वित्तीय विवरणअनुसार ज्योति विकास बैंकको अघिल्लो आर्थिक वर्षमा २९ करोड दुई लाख ८९ हजार चार सय ३० रूपैयाँ वितरणयोग्य मुनाफा थियो । तर, गतवर्ष यस्तो मुनाफा २२ करोड ७८ लाख ८९ हजार दुई सय १० रूपैयाँमा झरेको छ । मुक्तिनाथ विकास बैंकको पनि अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ८८ करोड ५५ लाख २२ हजार दुई सय ३० रूपैयाँ रहेकामा गत आर्थिक वर्ष ६४ करोड ४० लाख ७२ हजार छ सय ३० रूपैयाँमा झरेको छ ।
गरिमा विकास बैंकको वितरणयोग्य नाफा आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ६२ लाख ७१ हजार पाँच सय ४० रूपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा गरिमाको यस्तो नाफा ५८ करोड ४४ लाख ४२ हजार एक सय १० रूपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ८८ हजार पाँच सय ८० रूपैयाँ वितरणयोग्य नाफा रहेको महालक्ष्मी विकास बैंकको गतवर्ष ३३ करोड ६३ लाख ३० हजार आठ सय १० रूपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड तीन लाख ९४ हजार आठ सय १४ रूपैयाँ वितरणयोग्य नाफा रहेको लुम्बिनी विकास बैंकको पनि गतवर्ष ३९ करोड २७ लाख ६२ हजार चार सय ६० रूपैयाँ मात्रै छ । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको वितरणयोग्य नाफा सात करोड ६४ लाख ९६ हजार छ सय २० रूपैयाँले ऋणात्मक छ ।
आर्थिक वर्ष २०७९/८० मा शान रेसुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा केही बढेको छ । गतवर्ष बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ६७ लाख ९९ हजार रूपैयाँ थियो भने अघिल्लो वर्ष ४७ करोड ७७ लाख २४ हजार चार सय ५० रूपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा २४ करोड २६ लाख २७ हजार आठ सय ८० रूपैयाँ रहेको साँग्रिला डेभलपमेन्टको वितरणयोग्य नाफा गत आर्थिक वर्ष सामान्य बढेर २४ करोड ८९ लाख ५४ हजार दुई सय १० रूपैयाँ कायम भएको छ । गत आर्थिक वर्षमा १४ करोड तीन लाख ४६ हजार नौ सय रूपैयाँ वितरणयोग्य नाफा रहेको मितेरीको अघिल्लो आर्थिक वर्षमा १४ करोड तीन लाख ४८ हजार छ सय ५० रूपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा ११ करोड दुई लाख २३ हजार एक सय ८० रूपैयाँले ऋणात्मक रहेको कर्णाली डेभलपेन्ट बैंकको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा सुधार भई चार करोड ९३ लाख १७ हजार छ सय २० रूपैयाँ पुगेको छ । कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा भने गत आर्थिक वर्षमा ५८ करोड ११ लाख २२ हजार छ सय ७० रूपैयाँ रहेको छ । वित्तीय विवरण सार्वजनिक गरेकामध्ये क्षेत्रीयस्तरको कर्पोरेट, मितेरी र नारायणी डेभलपमेन्ट बैंकले वितरणयोग्य नाफा सार्वजनिक गरेका छैनन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया