फोन पेको ‘पैसा पठाऔँ, ठाउँको ठाउँ’ अभियान
काठमाडौं । फोन पेले नयाँ अभियानको घोषणा गरेको छ । कम्पनीले ‘फोन पे डिरेक्टः पैसा पठाऔं ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको हो । यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने रहेको कम्पनीले जनाएको छ ।
‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको बताएको छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकलाई कसरी फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारेमा शिक्षित गर्नु हो । जसमा मोबाइल नम्बर खाता नम्बर र व्यक्तिगत क्युआरजस्ता तरिकाहरू रहेका छन् । त्यसकै फलस्वरूप नेपालका विभिन्न बैंकहरूमा फोन पेले ग्राहकहरूलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
भदौ महिनाभरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको कम्पनीले जानकारी दिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिकरूपमा अन्य उपहारद्वारा गरिने छ । अभियानको उद्देश्यका बारेमा फोन पेका चिफ स्ट्राटेजी अफिसर सुवोध शर्माका अनुसार ‘सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध रहेको बताइएको छ । पैसापैसा पठाऔं ठाउँको ठाउँ अभियान यस प्रतिबद्धताको एक उदाहरण रहेको कम्पनीले जनाएको छ । ‘फोन पे डिरेक्टद्वारा हामीले पैसाको आदानप्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौँ’ कम्पनीले बताएको छ ।
फोन पेले सधैं आफ्ना ग्राहकहरूको कारोबारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताइन्छ र यहीअनुरूप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया