प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर
काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न भएको सञ्चालक समिति बैठकले बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउन्टेन्ट मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले ऐनको दफा १२७ बमोजिम सोही दिन सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष श्रेष्ठले शुभकामना व्यक्त गरे ।
स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेस्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया