हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग
काठमाडौं । हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा बिहीबार आयोजित एक समारोहकाबीच उक्त रकम प्रदान गर्ने सहमति भएको हो । सो समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगञ्ज शाखाका प्रमुख अभय बहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अतिआवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया