सहुलियतपूर्ण कर्जामा २२ अर्ब ३९ करोड ब्याज अनुदान
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५४ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् । यस्तो कर्जाका लागि राष्ट्र बैंकले कुल २२ अर्ब ३९ करोड आठ लाख १६ हजार ९० रुपैयाँ ब्याज अनुदान दिएकोे छ । राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधनसहित’ अनुसार बैंक तथा वित्तीय संस्थाबाट ब्याज अनुदानमा कर्जा उपलब्ध गराउँदै आएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियत कर्जा घटेको छ । अघिल्लो आर्थिक वर्ष बैंकहरूले दुई खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेका थिए ।
राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवावर्ग स्वरोजगार कर्जामा ब्याज अनुदान दिँदै आएको छ ।
तथ्यांकअनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा कुल एक लाख ४५ हजार सात सय ७८ ऋणीलाई प्रवाह भएको र एक खर्ब ९७ अर्ब छ करोड रुपैयाँबराबरको कर्जा बक्यौता छ । बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने एक अर्ब ५० करोड लगानीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा एक खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । जसमध्ये विनाधितो दुई अर्ब ९८ करोड र धितोसहित एक खर्ब ५९ अर्ब रुपैयाँ बढी स्वीकृत भएको छ । कुल ६० हजार तीन सय ५० ऋणीले सहुलियत ब्याजदरको कृषि तथा पशुपन्छी व्यवसाय कर्जा लगेका छन् । असार मसान्तसम्म बाँकी कर्जा कुल एक खर्ब ३५ अर्ब ७६ करोड छ ।
महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार सात सय १८ महिला उद्यमीलाई ८७ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा स्वीकृत भएको छ । यसमध्ये ५८ अर्ब ३८ करोड रुपैयाँ कर्जा बक्यौता छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार सात सय १० ऋणीको दुई अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ ।
अहिलेसम्म सबैभन्दा बढी वाणिज्य बैंकहरूले दुई खर्ब २२ अर्ब ९८ करोड ४५ लाख एक हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको सहुलियतपूर्ण कर्जामध्ये अहिले पनि एक खर्ब ७४ अर्ब नौ करोड ७८ लाख ५६ हजार रुपैयाँ बक्यौता छ । वाणिज्य बैंकहरूले एक लाख २५ हजार ७१ जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएका छन् ।
यस्तै विकास बैंकहरूले १८ हजार छ सय ५६ ऋणीलाई २७ अर्ब ७६ करोड ९५ लाख ३५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् । यसमध्ये असार मसान्तसम्म २० अर्ब २६ करोड ६१ लाख ६४ हजार रुपैयाँ बाँकी कर्जा रहेको छ । फाइनान्स कम्पनीहरूले पनि गत आर्थिक वर्ष एक हजार नौ सय ५१ जनालाई तीन अर्ब ३० करोड १५ लाख ९९ हजार रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेका छन् । फाइनान्स कम्पनीहरूको बाँकी कर्जा दुई अर्ब ६३ करोड ६१ लाख ९३ हजार रुपैयाँ छ । निम्न वर्गका परिवारमा वित्तीय सेवा पु-याउँदै आएका लघुवित्त वित्तीय संस्थाले जम्मा एक सय परिवारलाई आठ करोड ९८ लाख २० हजार रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । लघुवित्तको यस्तो कर्जाको बक्यौता असार मसान्तसम्म छ करोड १० लाख ४७ हजार रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा स्वीकृत सहुलियतपूर्ण कर्जामा कमी आए पनि ब्याजदर अनुदान रकम भने बढेको छ । गतवर्ष समग्र बैंकिङ क्षेत्रको ब्याजदर बढेका कारण स्वीकृत कर्जा घटे पनि ब्याज अनुदान रकम बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १६ अर्ब ९६ करोड ८५ लाख आठ हजार रुपैयाँ ब्याज खर्च गरेको थियो ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असार मसान्तमा ७० करोड ९४ लाख रुपैयाँ बक्यौता भएको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया