प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो
काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैटौँ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरे ।
शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि आशयपत्रको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिने बताइएको छ । तदर्थ समितिका अध्यक्ष भण्डारीले सो प्रक्रिया अघि बढाउन बैठकले निर्णय गरेको जानकारी दिए । बैक स्वीकृति दिन सबै सरोकारवाला निकाय सकारात्मक देखिएको छ ।
यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले बैंक स्वीकृति दिन सकारात्मक रहेको बताएका थिए । साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरूपमा विस्तार गरिने उनको भनाइ थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा सङ्घ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया