महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा
काठमाडौं । महालक्ष्मी विकास बैंकले परिष्कृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकद्वारा सञ्चालित अनलाइन सेवालाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।
बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकले अनलाइनमार्फत सहजै एकाउन्ट ओपनिङ, केवाईसी अपडेट, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्युआर) रिक्वेस्ट एण्ड डिस्पाट क्लेमजस्ता सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको आधिकारिक वेवसाइटमार्फत ग्राहकले उक्त सेवाहरू लिन सक्ने बताइएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले अनलाइन सेवालाई संशोधन गरेको हो ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यलाई थप प्रभावकारीरूपमा निरन्तरता दिने जनाएको छ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया