समृद्धि फाइनान्सको उत्कृष्ट ब्याजदरसहितको निक्षेप योजना
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७१ महिना पाँच दिनमा दोब्बर, एक सय १२ महिना २३ दिनमा तीन गुणा, एक सय ६५ महिना छ दिनमा पाँच गुणा र दुई सय १३ महिना १३ दिनमा आठ गुणासम्म बढाउन सक्ने बताइएको छ । साथै, रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोब्बर, ८९ महिना १४ दिनमा तीन गुणा, एक सय ३४ महिनामा पाँच गुणा र एक सय ६८ महिना २१ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्ने बताइएको छ ।
त्यस्तै, समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याज दिइरहेको बताएको छ । बचतमा १० प्रतिशतसम्म र मुद्दतीमा १२ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको संंस्थाले जनाएको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस् भनेर अधिकतम ब्याजको योजना अघिसारेको बताएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । यसका अतिरिक्त आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको फाइनान्सले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया