कामना सेवाद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दघाट, नवलपरासीस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार दुई थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ । उक्त एयर कन्डिस्नर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष श्री पुन्यप्रसाद पौडेललाई उक्त एयर कन्डिस्नर हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया