फेडेरललाई आईएसओ प्रमाणपत्र
काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित ९००१ः२०१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ । कम्पनीले जीवन तथा निर्जीवन बीमा एवम् पुनर्बीमा दलाली सेवाको विधाअन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा मिति २०८० भाद्र १० गते एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र युनाइटेड रजिस्टार अफ सिस्टम (युआरएस) नेपालका प्रमुख प्रकाश पौडेलले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका अध्यक्ष महेश कुमार अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समिति तथा व्यवस्थापनको उपस्थिति रहेको थियो । कार्यक्रममा युआरएसका प्रमुख पौडेलले ९००१ः२००१५ प्रमाणपत्रको महत्व बारे प्रकाश पार्दै सो प्रमाणपत्रले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको सञ्चालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापीय कुशलता तथा ग्राहक सेवाको गुणस्तरलाई सुनिश्चिता गर्ने र कम्पनीको व्यवसाय विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले आफ्नो मन्तव्य राख्दै संस्था स्थापनाको छोटो समयमै उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको र प्रमाणपत्र प्राप्तिका लागि कम्पनीको व्यवस्थापनको उच्च प्रशंसा गरे । साथै, युआरएस नेपालको व्यवस्थापनलाई समेत कृतज्ञता व्यक्त गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले ९००१ः२००१५ प्रमाणपत्रले उच्चस्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको भन्दै खुसी व्यक्त गरे । कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त पुनर्बीमा दलाल हो । कम्पनीले छोटो समयमै प्रतिष्ठित अन्तर्राष्ट्रिय रिइन्स्योरेन्स ब्रोकरसँगको रणनीतिक साझेदारीमा नेपालका बीमा तथा पुनर्बीमा कम्पनीलाई पुनर्बीमा सेवा प्रदान गर्दै आइरहेको जानकारी कम्पनीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया