नबिल इन्भेस्टमेन्ट बैंकिङ र श्रीनगर एग्रोबीच सम्झौता
काठमाडौं । नबिल इन्भेस्टमेण्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार निकट भविष्यमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयरका लागि नबिलले सेयर निष्काशन एवम् बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्ने बताइएको छ ।
श्रीनगर एग्रोले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य एक सय रुपैयाँ दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्नेछ । सो सम्बन्धीमा श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतिस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीबीच हस्ताक्षर भएको हो ।
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको छ । कम्पनीको रजिस्टार कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाडौंमा रहेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो ।
कम्पनीले कृषिअन्तर्गतको व्यवसाय इसं २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो । फार्मअन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्धोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।
कम्पनीले व्यापार विस्तारको क्रममा बुटवल, रुपन्देहीमा वधशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोक्तामाझ ल्याउनका लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ । कम्पनीले किसान इनोभेसन हवको माध्यमबाट किसानको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकलाई कृषि खेती, पशुपन्छी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।
उक्त सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाइएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया