तीन खर्ब ६९ अर्ब नाघ्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी
काठमाडौं । वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रूपैयाँ पुगेको छ । नेपाल राट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको चुक्ता पुँजी आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म तीन खर्ब ६९ अर्बमाथि पुगेको हो । वाणिज्य बैंकहरूले कायम गरेको यो चुक्ता पुँजी आर्थिक वर्ष २०७८/७९ को तुलनामा १३ अर्ब ७६ करोड २० लाख रूपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रूपैयाँ थियो ।
आर्थिक वर्ष २०७९/०८० मा वाणिज्य बैंकहरूमा कायम रहेको चुक्ता पुँजीलाई आधार मान्दा सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको छ । यस अवधिमा ग्लोबलको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रूपैयाँ छ । ग्लोबलपछि चुक्ता पुँजी बढी हुने दोस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड छ । यो बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रूपैयाँ छ । बढी चुक्ता पुँजी हुने तेस्रो ठूलो बैंक नबिल बैंक हो । नबिलको चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रूपैयाँ कायम छ । कुमारी बैंकको २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रूपैयाँ चुक्ता पुँजी कायम छ । कुमारी धेरै चुक्ता पुँजी हुने चौथो बैंक बनेको छ । लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकको चुक्ता पुँजी क्रमशः २१ अर्ब ६७ करोड दुई लाख ३८ हजार र २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रूपैयाँ छ ।
यस्तै सिद्धार्थ, कृषि विकास र एनआईसी एसिया बैंकले क्रमशः १४ अर्ब आठ करोड ९९ लाख ८० हजार, १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार र ११ अर्ब ५६ करोड ४० लाख रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । प्रभु र नेपाल बैंकको चुक्ता पुँजी क्रमशः २३ अर्ब ५४ करोड २४ लाख ९० हजार र १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रूपैयाँ कायम छ । सानिमा, नेपाल एसबीआई, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी क्रमशः १२ अर्ब ४६ करोड एक लाख १५ हजार, १० अर्ब १२ करोड छ लाख २८ हजार, १८ अर्ब ३६ करोड ६७ लाख छ हजार र १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रूपैयाँ पुगेको छ । यसैगरी एभरेष्ट र माछापुच्छ्रे बैंकको क्रमशः १० अर्ब ६९ करोड ८० लाख ९४ हजार र १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
आव २०७९/८० मा प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले क्रमशः १९ अर्ब ४० करोड २५ लाख ७५ हजार, १४ अर्ब २० करोड नौ लाख ७४ हजार र नौ अर्ब ४२ करोड ९४ लाख रूपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया