कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफामा सुधार
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफामा सुधार देखिएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ८५ लाख १४ हजार एक सय ५४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ३७ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा एक अर्ब २५ करोड ६१ लाख ९४ हजार नौ सय २९ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड ४३ हजार ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ८३ लाख ९४ हजार छ सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ७८ करोड ६३ लाख ६० हजार सात सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड नौ लाख एक हजार आठ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६१ लाख ५८ हजार एक सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया