सिन्धु विकास बैंकको खुद नाफा एक करोड ३४ लाख
काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ३४ लाख तीन हजार तीन सय ४२ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा चार करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा चार अर्ब ८७ करोड ३२ लाख २१ हजार एक सय ३८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ७० लाख ८५ हजार तीन सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ८८ लाख ६५ हजार नौ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ७६ लाख ४९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले चार अर्ब ७८ करोड ५७ लाख ७० हजार एक सय २१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५४ करोड ८५ लाख ७७ हजार दुई सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७२ लाख ८२ हजार २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया