‘प्रथम त्रैमासदेखि नै सम्भावित कर्जा नोक्सानीको व्यवस्था गर्नुस्’
काठमाडौं । वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान–९ सम्बन्धी दुई दिने तालिम बुधबार सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यरत ४५ जनाभन्दा बढी विभागीय प्रमुखको उपस्थिति थियो ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहआयोजकका तर्फबाट सीए रमेश धितालले एफ आर एस–९को गणनाका लागि विगत वर्षका कर्जाको तथ्याङ्क एकरूपताका साथ राख्नुपर्ने साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले दुई वर्ष नकुरी पूर्व तयारीमा रहनुपर्ने बताए ।
साथै, प्रतिवेदन मान–९ लागू गर्न आवश्यक पूर्वाधार विकासका लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इसीएल अर्थात् (एक्सपेक्टेड क्रेडिट लस) सम्भावित नोक्सानी व्यवस्था कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकले मार्गदर्शन प्रदान गर्न समेत अनुरोध गरे । कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, नियमन विभाग प्रमुख डा गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक राजन विक्रम थापाको सहभागिता रहेको थियो ।
सो अवसरमा २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदनमान–९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इसीएल अनुरूप कायम गर्नुपर्ने भएकाले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीलाई पोख्त बनाउन निर्देशन दिए । विभिन्न सफ्टवेयरमा ठूलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्णरूपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यसतर्फ लाग्न र सफ्टवेयर खरिदबापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्न सुझाव दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया