समता घरेलु लघुवित्तको खुद नाफा पाँच करोड ७४ लाख
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ७४ लाख सात हजार रुपैयाँँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँँ रहेको संस्थाले आव २०७९/८० मा ९८ करोड १४ लाख पाँच हजार रुपैयाँँ निक्षेप संकलन गरी दुई अर्ब ९० करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड २० लाख तीन हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ५२ लाख ६६ हजार रुपैयाँँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ५१ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब २० करोड २६ लाख ५५ हजार रुपैयाँँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ९७ लाख ५९ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ४७ लाख ३३ हजार रुपैयाँँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौं करोड ४३ लाख ५२ हजार रुपैयाँँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया