रिलायबल नेपाल सातौँ वर्षमा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छ वर्ष पूरा गरेको छ । जीवनबीमा कारोबार सुरु गरेको छ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पु-याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजरी ग्रुप, नियमनकारी निकायहरू, लगनीकर्ताहरू, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्ग, पत्रकारलगायत समस्त सरोकारवाला निकायलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
हालसम्मको उपलब्धिबाट हामीलाई थप कार्य गर्नको लागि ऊर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी बहन गर्नका लागि थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेक होल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि कम्पनीले गरेको छ । अगाडि दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय बुटवल, दमक शाखामा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सरसफाइ, विभिन्न वृद्धाआश्रममा खाद्य सामग्रीहरू वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लासरूपमा मनाएको छ । यस कार्यमा कर्मचारी एवम् बीमा अभिकर्ताहरूको सक्रिय सहभागिता रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया