‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ हुँदै
काठमाडौं । बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन् । बैंकिङ समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा आगामी भाद्र १८ गते सोमबार काठमाडौंस्थित सोल्टी होटलमा हुने उक्त कार्यक्रममा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो ।
कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमानसमा बीमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिति र चुनौतीलगायतका विषयमा बृहत् परिसंवाद गरिने भएको हो । उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालीलाग्दो अवस्थाजस्ता विषयमा गहन विमर्श हुने भएको छ ।
‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य चार सत्रमा हुँदैछ बृहत बहस
विशेषगरी ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य चार सत्रमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग डुओलग विशेष सत्र पनि हुने बताइएको छ । डुओलग विशेष सत्रमा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेलले गर्नेछन् ।
यस्ता छन् मुख्य चार शीर्षकहरू ?
१) बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य
२) निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू
३) नेपालमा जीवनबीमा कम्पनीहरूको प्रभाव,
४) नेपालमा बीमा कम्पनीहरूको सचेतना र डिजिटलाइजेसन
‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ माथिका यिनै विषयवस्तुमा मूलभूत छलफल हुने बताइएको छ ।
‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ किन ? बीमा व्यवसाय सुरुवात भएको पाँच दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाइदा नभई सुरक्षा हो भन्ने मूल शिक्षा जनमानसले बुझिरहेका छैनन् । कोभिड–१९ को संक्रमण, विगतमा आएको विनाशकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठूलो धनको क्षति हुन पुग्यो । फलस्वरूप आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित भएको छ । यसै परिपे्रक्षलाई ध्यान केन्द्रित गर्दै बैंकिङ समाचारको अथक पहलबाट ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को आयोजना गर्न लागेको हो ।
को–को हुँदैछन् सहभागी ? कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललगायत अन्य विशिष्ट व्यक्तिहरू र सञ्चारकर्मीको बाक्लो उपस्थित हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया