आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रबार होटेल हायात रिजेन्सीमा एक भव्य समारोहका बीच ‘आईएमई लाइफ विजनेस एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । कम्पनीमा आबद्ध भई कार्य गर्ने अभिकर्ताको उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो । आईएमईले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना नियमितरूपमा गर्ने गरेको बताएको छ । उपरोक्त कार्यक्रममा तीन सयभन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।
अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाललगायत कम्पनीका सञ्चालक समितिका सदस्यको उपस्थिति थियो । कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु-याउनुका साथै अभिकर्ताको रूपमा स्व–रोजगारको समेत अवसर दिने बताए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैटौँ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला छ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आईएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए ।
यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेसालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनुपर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरूको व्यावसायिक क्षमता वृद्धिका लागि थप तालिमहरूको आयोजना गरी सहयोग गरिरहने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाइ व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको उनको भनाइ थियो । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिँदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि सेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताले उत्साहजनकरूपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिकृत फुयाँलले खुसी व्यक्त गरे ।
आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्तालगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवम् शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरू दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाललगायतले अवार्ड वितरण गरेका थिए । कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, कोशी प्रदेश प्रमुख मिलन दाहाललगायतका व्यक्तिहरूले कम्पनी, मुलुक र समाजमा अभिकर्ताका भूमिकाकोे बारेमा प्रकाश पारेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया