प्रभु क्यापिटल र होस्टे हैंसेबीच सम्झौता नवीकरण
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्टे हैंसेसँगको सम्झौता नवीकरण गरेको छ । सम्झौताअनुसार बालबालिकाको लागि प्रभु लिटिल च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पिएमएस) लिएबापत एक जना गरिब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागतरूपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाइ छ । ‘छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रभु लिटिल च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाको उज्ज्वल भविष्यका लागि सञ्चालन गरिएको पीएमएस सेवा हो । यस सेवाको लगानी अवधि पाँच वर्ष, हर्डल रेटः आठ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) दुई प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधिपश्चात् र गरिब तथा पिछडिएका बालबालिकालाई एक वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्नेलगायत यस योजनाका मुख्य विशेषता हुन् ।
क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिकरूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसैगरी ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुन सक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया