विपन्न वर्गमा प्रवाह हुने कर्जा निरन्तर घट्दै
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई नै धराशायी पार्नेगरी केही व्यक्ति तथा समूहले लघुवित्त वित्तीय संस्थाहरूविरुद्ध गरेको चरणबद्ध आन्दोलनको असर बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विपन्न वर्ग कर्जामा परेको छ । बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । विपन्न वर्गमा प्रवाह गरेको कर्जामध्ये २५ प्रतिशत सिधै र बाँकी ७५ प्रतिशत अप्रत्यक्षरूपमा लघुवित्त र सहकारी संस्थामार्फत प्रवाह गर्दै आएको पाइन्छ ।
लघुवित्तबाट लिएको कर्जा मिनाहा हुनुपर्ने र लिलाम भएको धितो फिर्ता गर्नुपर्ने मागसहित एउटा समूह लघुवित्त संस्थाहरूविरुद्ध आन्दोलन गरिरहेको छ । यही कारण बैंक तथा वित्तीय संस्थाहरू लघवित्तमार्फत विपन्न वर्गमा लगानी गर्न डराएकोे देखिन्छ । त्यही कारण बैंकहरूले गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरूमार्फत प्रवाह गर्ने विपन्न वर्ग कर्जा घटाएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा विपन्न वर्ग क्षेत्रमा कुल तीन खर्ब आठ अर्ब ३५ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा उक्त आर्थिक वर्षमा प्रवाह भएको कुल कर्जा ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँको छ दशमलव ७५ प्रतिशत हो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा विपन्न वर्गमा प्रवाह भएको कुल कर्जा रकम २७ अर्ब २६ करोड ७० लाख रूपैयाँले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा तीन खर्ब ३५ अर्ब ६२ करोड ३० लाख रूपैयाँ ऋण प्रवाह गरेका थिए । जुन कुल कर्जा ४७ खर्ब नौ अर्ब पाँच करोड रूपैयाँको सात दशमलव २७ प्रतिशत हो ।
आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले मात्रै दुई खर्ब ६२ अर्ब ३५ करोड ६० लाख रूपैयाँ विपन्न वर्गमा कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १७ अर्ब २९ करोड रूपैयाँले कम हो । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले कुल कर्जा ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँको छ दशमलव ५९ प्रतिशत विपन्न वर्गमा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने वाणिज्य बैंकहरूले कुल कर्जा ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रूपैयाँ प्रवाह गरेकामा त्यसको छ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ७९ अर्ब ६४ करोड ६० लाख रूपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि विपन्न वर्गमा जाने कर्जा घटाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रूपैयाँबाट ११ दशमलव २५ प्रतिशत अर्थात् ४९ अर्ब १६ करोड ७० लाख रूपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरूबाट विपन्न वर्गमा गएको कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ अर्ब एक करोड ४० लाख रूपैयाँले घटेको छ । गत आर्थिक वर्षमा विकास बैंकहरूले ४० अर्ब १५ करोड ३० लाख रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । जुन विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रूपैयाँको आठ दशमलव ७८ प्रतिशत मात्रै हो ।
फाइनान्स कम्पनीहरूले पनि विपन्न वर्गमा जाने कर्जामा कटौती गरेका छन् । आर्थिक वर्ष २०७८/७९ कुल ८६ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा यसको आठ दशमलव १६ प्रतिशत अर्थात् छ अर्ब ८१ करोड १० लाख रूपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए । तर, आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ८३ करोड ८० लाख रूपैयाँ मात्रै विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९७ करोड ३० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्ष फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ९३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यसको आठ दशमलव ७६ प्रतिशत मात्रै विपन्न वर्गमा प्रवाह भएको देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया