Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफामा गिरावट

फर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफामा गिरावट


काठमाडौं, वैशाख २१
लघुुवित्त वित्तसम्बन्धी कारोबार सञ्चालन गर्दै आएको फष्र्ट माइक्रोफाइनान्स बित्तीय संस्थामा खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ६६ लाख ७१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा संस्थाको गत आवको सोही अवधिको तुुलनामा पाँच दशमलव ६८ प्रतिशतले कम हो । संस्थाको यस्तो मुनाफा गत आवको सोही अवधिमा नौ करोड १८ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड सात लाख ४१ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ५७ करोड नौ लाख ४५ हजार रूपैयाँ कर्जा परिचालन गरेको छ । सो अवधिमा १३ करोड ८७ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रूपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुुपात हाल शुन्य रहेको संस्थाको प्रतिसेयर आम्दानी १४ रूपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २४ रूपैयाँ २१ पैसा रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब १५ करोड ८२ लाख ८२ हजार रूपैयाँ कर्जा परिचालन गरेको थियो । उक्त अवधिमा १४ करोड ४९ लाख ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाका्े प्रोभिजन रकम एक करोड पाँच लाख ९५ हजार रूपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जा शून्य नै रहेको थियो । संस्थाको प्रतिसेयर आम्दानी उक्त अवधिमा १७ रूपैयाँ ९० पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ एक सय २७ रूपैयाँ ६५ पैसा रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया