ट्रेजरी बिलको बिक्रीमार्फत आज पुनः २० अर्ब रुपैयाँ उठाइँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा विभिन्न सरकारी खर्चको लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले ट्रेजरीको बिक्रीमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।
बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने सबै ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ । जारी मिति भदौ १९ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गर्न सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी बिलमा क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिन अवधिको सात अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
यीमध्ये २८ दिन अवधिको विसं २०८० असोज १६ गते, ९१ दिन अवधिको वि.सं २०८० मंसिर १९ गते, एक सय ८२ दिन अवधिको विसं २०८० फागुन २२ गते र तीन सय ६४ दिन अवधिको विसं २०८१ भदौ १८ गते परिपक्व हुने अवधि तोकिएको छ । गत साता पनि राष्ट्र बैंकले कुल १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिन अवधिको चार आठ अर्ब र ९१ दिन अवधिको सात अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया