Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकका ग्राहकहरूलाई २४ घण्टाभित्रै घरमा सामान

मेगा बैंकका ग्राहकहरूलाई २४ घण्टाभित्रै घरमा सामान


काठमाडौं, वैशाख २१
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरूलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरू घरमै पु¥याउने सम्झौता भएको हो ।

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरीलगायतका सामग्री खरिदमा ग्राहकहरूले १० प्रतिशत अथवा बढीमा ५ सय रूपैयाँसम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिने बैकले जानकारी दिएको छ ।

लकडाउनका समयमा ग्राहकहरूलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर बैंकले यसअघि पनि औषधि र खाद्यान्नका लागि विभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । मेगा बैंकका ग्राहकहरूले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् । अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरूलाई सहज तथा सुरक्षित रूपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

मेगाले ९५ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको हो । जब कि आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रूपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएको छ ।

२०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रूपैया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशतभन्दा बढीको वृद्धि हो । बैंकका देशभर एक सय ११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया