बैंकमा एक अर्ब ३५ करोड निक्षेप राख्दै निक्षेप तथा कर्जा सुरक्षण कोष
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले एक अर्ब ३५ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा राख्ने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको रकम एक वर्ष अवधिका लागि लगानी गर्नुपरेकाले वाणिज्य बैंकहरूमा निक्षेप राख्न लागेको कोषले जनाएको छ ।
वाणिज्य बैंकहरूले आफूले संस्थागत निक्षेपको रूपमा लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाई सिलबन्दी दरभाउपत्र फारम भरी बुझाउन कोषले आह्वान गरेको छ । रकम लगानीको लागि यही भदौ २६ गतेसम्म बैंकहरूले प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव पेस गर्नको लागि बैंक सञ्चालनमा आएको कम्तीमा पाँच वर्ष पूरा गरेको हुनुपर्ने, लगातार पाँच वर्षदेखि नाफामा रहेको हुनुपर्ने, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ । यसैगरी निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात वा कर्जा÷ निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो पाँच आर्थिक वर्षमा सञ्चालन मुनाफा (व्यवस्था पछिको)मा रहेको, रियल स्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने न्यूनतम सर्तहरू तोकिएका छन् ।
कोषका अनुसार लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा नरहेको वा जरिबाना भुक्तान गरेको मितिले छ महिना अवधि पूरा भएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए सो कारबाही फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना पूरा भएको, नेपाल सरकारको स्वामित्व रहेका बैंकबाहेकका अन्य बैंकको हकमा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
१२ खर्ब निक्षेप सुरक्षण : कोषले १२ खर्ब रुपैयाँभन्दा बढी निक्षेप सुरक्षण गरेको छ । कोषका अनुसार २०८० असार मसान्तसम्ममा ५६ बैंक तथा वित्तीय संस्थाहरूमा चार करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरेको हो ।
कोषका अनुसार २०७९ असार मसान्तमा तीन करोड ६१ लाख ४३ हजार खातामा रहेको आठ खर्ब ७९ अर्ब २२ करोड निक्षेप सुरक्षण गरिएको थियो । कोषले २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको दुई खर्ब १६ अर्ब ४४ करोडबराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७९ असार मसान्तमा भने एक खर्ब ९७ अर्ब ६४ करोडबराबरको यस्तो कर्जा सुरक्षण गरिएको कोषको भनाइ छ ।
कोषमा हाल २० वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र दुईवटा लघुवित्त वित्तीय संस्था रहेको चार करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम सुरक्षित छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया