महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट सुविधा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृङ्गार, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
सम्झौताअनुसार नवजीवन अस्पताल जनकपुरको सेवाहरूमा १५ प्रतिशत, फार्मेसीमा सात प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत र एकीकृत हेल्थ प्याकेजमा दुई हजार रुपैयाँसम्म छुट पाइने छ । यसैगरी क्राउन कलेक्सन हेटौँडाको महिलाको कपडामा १० प्रतिशत, न्यु बिजी बिन्स भैरहवाको फुड र पेय पदार्थमा १० प्रतिशत, मनहरी हेयर एण्ड ब्युटी युनिसेक्स सैलुन मकवानपुरका सेवामा १० प्रतिशत र हुक हस्पिट्यालिटी कोटेश्वर काठमाडौंको खाना र पेय पर्दाथमा १० प्रतिशत छुट पाइने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया