ऋणीको घरजग्गामा बैंकको नजर
काठमाडौं । विकसित मुलुकमा कर्जाको धितोस्वरूप चल सम्पत्ति अर्थात् विभिन्न किसिमका परियोजना, शैक्षिक प्रमाणपत्र, ऋणपत्रलगायतको प्रयोग बढी हुन्छ । नेपालमा भने परम्परागत अर्थात् अचल सम्पत्ति धितो राखेपछि मात्रै कर्जा पाउन सहज हुनेगरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहसम्बन्धी तथ्यांकमा पनि यस्तै देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको धितोको लागि चलभन्दा पनि अचल सम्पत्तिलाई सुरक्षित ठान्दा नेपालमा घरजग्गा धितोको कर्जा सबैभन्दा बढी देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७३ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ६८ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रयोग भएको छ । यसबाहेक ११ दशमलव छ प्रतिशत कर्जा चल सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा ४७ खर्ब नौ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्ये घरजग्गा धितोमा मात्र ६६ दशमलव चार प्रतिशत प्रवाह भएको थियो । यसबाहेकका बाँकी १२ दशमलव तीन प्रतिशत कर्जा भने चल सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा भने छ दशमलव आठ प्रतिशतले बढेको छ । यसैगरी औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव सात प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ३२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) पाँच दशमलव प्रतिशत र हायर पर्चेज कर्जा एक दशमलव तीन प्रतिशतले बढेको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण ट्रस्ट रिसिट अर्थात् आयात कर्जा भने घटेको छ । यो कर्जा आर्थिक वर्ष २०७९/८० मा छ दशमलव दुई प्रतिशतले घटेको छ । यसबाहेक ‘ओभरड्राफ्ट’ कर्जा, ‘डिमान्ड’ तथा चालू पुँजी कर्जा र मार्जिन प्रकृतिको कर्जा पनि घटेको छ । यी शीर्षकमा प्रवाह भएका कर्जा क्रमशः छ दशमलव दुई प्रतिशत, ६७ दशमलव सात प्रतिशत, १३ दशमलव दुई प्रतिशत र पाँच दशमलव दुई प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा प्रवाह सात दशमलव छ प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा शून्य दशमलव छ प्रतिशतले बढेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखासंख्या छ हजार चार सय ६१ वटा पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये वाणिज्य बैंकको पाँच हजार ४९, विकास बैंकहरूको एक हजार एक सय २८ र फाइनान्स कम्पनीहरूको दुई सय ८४ वटा शाखाहरू सञ्चालनमा छन् । अघिल्लो आर्थिक वर्षमा भने बैंकिङ क्षेत्रको कुल शाखासंख्या छ हजार तीन सय ९४ वटा थियो । उक्त संख्यामध्ये वाणिज्य बैंकहरूको पाँच हजार नौ, विकास बैंकहरूको एक हजार एक सय १८ र फाइनान्स कम्पनीहरूको दुई सय ६७ वटा शाखाहरू सञ्चालनमा थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया