मिड सोलु हाइड्रोपावरको आईपीओ
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही भदौ २८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड २१ लाख १७ हजार दुई सय रुपैयाँ बराबरको छ लाख २१ हजार एक सय ७२ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँमध्येबाट २० प्रतिशतको दरमा १४ लाख ९६ हजार आठ सय कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । सोमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका र कम्पनीमा कार्यरत कर्मचारीका लागि छु्ट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असोज एक गते र ढिलोमा असोज ११ गते बन्द हुने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया