कलश स्टक मार्केटमार्फत हुने कारोबारको रकम इ–सेवाबाटै
काठमाडौं । कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) र इ–सेवाबीच सेयर कारोबार भुक्तानी इ–सेवाबाटै गर्न सकिने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा कलश स्टक मार्केटका कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र इ–सेवाका प्रबन्धक हेम घिमिरेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरेका थिए । आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नवीनतम सेवा सुविधा दिन प्रतिबद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाबीच भएको यस सम्झौताले सेयर लगानीकर्तालाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोबारको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।
बैंक तथा वित्तीय क्षेत्र तथा समाजका विभिन्न पेशा व्यवसायमा सफलता हासिल गरेका लब्धप्रतिष्ठित एवम् अनुभवी व्यक्तिहरूको अगुवाईमा स्थापना भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र बुद्धनगरस्थित मुख्य कार्यालयबाट सेवा शुभारम्भ गरेको कलश स्टक मार्केटले आफ्ना ग्राहकलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । यसका साथै विश्वसनीय अनलाइन सेवाका लागि ख्याती आर्जन गर्न सफल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सयवटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया